प्रधानमन्त्री ओली सिंगापुरबाट दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिने


साउन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किंदैछन्। स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली थाइ एयरबाट दिउँसो १२ः२५ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको ओलीको सचिबालयले जनाएको छ ।

फोटो फाइल

ओली १८ साउनमा सिंगापुर गएका थिए। ओली गत शुक्रबारै स्वदेश फर्किने कार्यतालिका थियो। तर, उपचार नसकिएका कारण कार्यतालिका शुक्रबारबाट आइतबार सरेको थियो। तर, स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेकाले प्रधानमन्त्री ओली आइतबार पनि स्वदेश फर्किएनन्।

यसअघि प्रधानमन्त्री ओलीले स्वदेश फर्किने कार्यक्रम दुईपटक स्थगित गरेका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा भएको हो। प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा.दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य छन्।

२७ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको