साउन २७, काठमाडौ । आज (सोमबार) देखि तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।
साथै आगामी तीन दिनसम्म देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिम पहाडी भूभाग तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताए। यसैगरी पूर्वका एक/दुई स्थानमा पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको उनले बताए।
यस्तो छ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन :
देशभर समग्र मौसमको अवस्था
हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भईरहेको छ साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदली छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २७ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिम तथा मध्यका केही स्थानमा र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्व तथा मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पूर्वी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण २८ गते मंगलबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा साथै पश्चिमी तराईको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
श्रावण २९ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस