पिएसजी र रियल मड्रिड नेइमारको सम्झौता नजिक


साउन २७, एजेन्सी । ब्राजिलियन स्टार नेइमार सरुवा बारे अझै रस्सा-कस्सी चलिरहेको छ v बार्सिलोनाले नेइमारलाई फर्काउने बारे चर्चा भैरहदा फ्रेन्च क्लब पिएसजी र स्पेनिस रियल मड्रिड ब्राजिलियन स्टार नेइमार किनबेचका लागि सहमति नजिक पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।

फ्रेन्च तथा स्पेनिस मिडियाले पिएसजी आफ्ना सर्वाधिक महँगा खेलाडी रियललाई दिन तयार देखिएको छ । नेइमार भित्र्याउन पूर्वक्लब बार्सिलोना पनि दौडमा छ । तर, पिएसजी नेइमारलाई बार्सिलोनाभन्दा रियललाई दिन इच्छुक रहेको बताइन्छ ।

नेइमार सरुवा बारे अहिले पिएसजी र रियलबीच दुई अवस्थामा छलफल भइरहेको छ । एक सिजनका लागि लोनमा खेलाडी दिने–लिने वा खेलाडीसहितको डिलमा सहमति खोज्ने भन्ने बारे छलफल भैरहेको जनाइएको छ ।

पिएसजीले नेइमारका लागि कम्तीमा २४० मिलियन युरोसम्मको मूल्यांकन रियल मड्रिबडाट चाहेको छ ।

२७ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको