बाढीपहिरोका पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन


असार २७, काठमाडौं । केही दिनयता लगातार आएको वर्षाका कारण गएको बाढी र पहिरोका पिडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन्।

उनले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु तदारुकताका साथ लागिरहेको दावी गरेका छन्। सामाजिक सन्जालको आफ्नो पेजमार्फत बादलले घटनाले पुर्‍याएको क्षतीप्रति दुख व्यक्त पनि गरेका छन्।

उनको पेजमा लेखिएको छ : राहत तथा उद्दारमा कुनै कसर बाँकि नराख्न निर्देशन दिईसकिएको छ । आ-आफ्नाे ठाउँबाट सहयाेग गर्नुहुन स्थानीय, नागरिक समाज, रेडक्रस, पार्टी कार्यकर्ता लगायत सबैमा अपिल गर्दछु । साथै सुरक्षा सतर्कता अपनाउन समेत सबैमा आग्रह गर्दछु ।

बाढी र पहिरोबाट सुरक्षीत हुन यस्तो छ गृहको सूझाव

२७ असार २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको