विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो


असार २७, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ।

रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते छन्। शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेको बसमाथि वनसमितिमा रुख ढलेको हो।

स्कूलको छुट्टी भएपछि विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन्।

२७ असार २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको