असार २७, काठमाडौं । देशैभरि लगातार वर्षा भैरहेको छ । बर्षादका कारण बाढी पहिरोको जोखिम पनि उत्तिकै बढिरहेको छ । यसै क्रममा काभ्रेको बनेपा नगरपालिका–३ मा पहिलो घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।
लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको जनाइएको छ ।
बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस