देउवाको प्रश्न- जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने त ?


बैशाख २९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको उल्लेख गर्दै संसद र सडक दुवैतर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिएका हुन् ।

आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दाेलित पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सह्य नहुने दोहोर्‍याए ।

सभापति देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणीसमेत गर्न भ्याए । उनले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ? सञ्चारमन्त्री बाँस्कोटालाई प्रतिप्रश्न पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका संविधान र कानुन विपरीतका सबै गतिविधिविरुद्ध आफ्नो पार्टीले जनतालाई सचेत गराउने बताए ।

२९ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको