जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराउँदै वडाध्यक्ष जलेश केसी


बैशाख २९, राेल्पा । राेल्पाकाे गंगादेब गाउपालिका वडा नं ३ का अध्यक्ष जलेश कुमार केसी अहिले आफ्नो वडा भित्रका जेष्ठ नागरिकलाई तिर्थ यात्रामा घुमाउदै छन ।

उनले वडा भित्रका रहेका ७५ बर्ष उमेर भित्रका ३८ जना बृद्धबृद्धा लाई तिर्थयात्रा गराएका हुन । साथमा उनलाइ स्याहार गर्ने परिवारका सदस्य पनि सहयाेगि छन ।

अाव २०७५/७६ याेजना तर्जुमा मार्फत जेष्ठ नागरिककाे मागलाइ सम्बाेधन गर्दै वडा कार्यालय बाट बजेटकाे ब्यवस्था मिलाएका थिए । बृद्धबृद्धालाइ धार्मिक महत्वकाे विभिन्न स्थानमा घुमाउन ३-४ दिन सम्मकाे लागि भन्दै अनुमानित बजेट ३ लाख छुट्याएका थिए ।

जेष्ठ नागरिकहरुलाइ यस वर्ष उनले देवघाट, लुम्बिनि, स्वर्गद्वारी र भैरहवामा रहेकाे अष्ट्रिज फारमकाे समेत अवलाेकन गराए घर फर्काउने उदेश्य रहेकाे वडा अध्यक्ष जलेश कुमार केसीले जानकारी दिए ।

उनले गरेकाे यस कामलाइ स्थानिय युवा जमातले सकारात्मक दिदै सामाजिक सन्जालमा बहस समेत चलाएका छन । उनी बाट केही सिक्न अरु वडा अध्यक्षलाइ सुझाव समेत दिएका छन । उनले यस अघि नै आफ्नो वडालाइ एकै प्रकारकाे हरियाे रङ लगाएकाे घरहरु भएकाे हरियालि वडा र पूर्ण सरसफाइ उन्मुख वडा समेत घाेषना गरिसकेका छन ।

२०७६ बैशाख २९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको