८२ जना सवार विमान चक्काबिनै घिस्रिएर यसरी गर्यो अवतरण (भिडियो)


बैशाख २९, म्यानमार । म्यानमारमा एक विमान ठूलो दुर्घटनाबाट बचेको छ ।

आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि विमानलाई चक्काबिनै अवतरण गर्नुपर्ने अवस्था आएको थियो ।

यस्तो अवस्थामा विमान दुर्घटनाग्रस्त हुनसक्थ्यो । तर पाइलटले सावधानीपूर्ण ढंगबाट विमानलाई चक्काबिनै सुरक्षित रुपमा अवतरण गराए । विमान अवतरण गरेसँगै विमानमा सवार सबै ८२ जनालाई उद्धार गरिएको थियो ।

यङ्गुनबाट मण्डाले विमानस्थलका लागि उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ फ्लाइट नम्बरको एम्ब्राएर १९० विमानको चक्का नखुलेपछि तनावको अवस्था सृजना भएको चालकदलका सदस्यहरुले बताएका छन् ।

विमान धावनमार्गमा घिस्रिदै रोकिएको भिडियो सार्वजनिक भएको छ । मानिसहरुले पाइलटको साहस तथा कौशलको प्रशंसा गरेका छन् । एजेन्सी

२९ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको