बैशाख २९, काठमाडौँ । दैलेख केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।
दैलेखको नौमुले गाउँपालिका– २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेट जाँदा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
केन्द्रका अनुसार यो ०७२ को भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । भूकम्पले ४-५ वटा घरमा सामान्य क्षति पुर्याएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
मध्यराती भूकम्प जाँदा कतिपय मानिस त्रासले घरबाहिर निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस