तुलसीपुर–सल्यान सडक दुईलेन बन्ने, एक अर्ब बजेट बिनियोजन


चैत २९, दाङ । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको चोरखोलासम्मको सडक दुईलेन बन्ने भएको छ ।

त्यसका लागि अर्थमन्त्रालयले एक अर्ब बजेट सुनिश्चित गरेको छ । बिहीबार मात्रै ४९ करोड ८३ लाख ३६ हजार नौ सय रुपैयाँको टेण्डर आह्वान भईरहेको छ ।

बहुबर्षिय योजनामा परेको उक्त सडक खण्ड दुईलेन भएपछि सवारी आवतजावतमा सहजता हुने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

राप्ती लोकमार्गलाई स्तारोन्नतीका लागि उपमहानगरपालिकाको तर्फबाट पटक –पटक संघीय तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको भन्दै उक्त सडकमा बजेट पर्नु सुखद पक्ष भएको उनको भनाई थियो ।

यस अघि उक्त सडक एकलेन मात्रै थियो । सडकमा भएका खाल्डाखुल्डीले पनि दुर्घटना बढेको थियो ।

२९ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको