प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण


चैत २९, काठमान्डौ । नेपाली जनताको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको हो ।

महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको छ । यो गतबर्षभन्दा सात हजारले बढी हो ।

महालेखाले शुक्रबार २०७५ /७६ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु. ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ ।

त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

२९ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको