सर्वोच्च अदालतबाट ८० न्यायाधीशले यसरी पाए वैद्यता


चैत २९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजालसले उच्च अदालतका ८० जना न्यायाधीशलाई वैधता दिएको छ । ८० जना न्यायाधीशविरुद्ध परेको रिटलाई शुक्रबार सर्वोच्चले खारेज गरेको हो।

न्यायपरिषद् बैठकले न्याय प्रशासन, कानून सेवा, सरकारी वकिल, कानून व्यवसायी र पुनरावेदन अदालतबाट यसअघि अवकाशप्राप्त अतिरिक्त न्यायाधीश गरी ८० जनालाई २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हो। न्यायाधीश नियुक्तिसँगै विवाद सिर्जना भएको थियो।

त्यसँगै २०७३ माघ २८ गते नायक न्यायधिवक्ता दुर्गाबन्धु पोखरेलसहितको समूहले ८० न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले यो रिट खारेज गरेसँगै ८० न्यायाधीश नियुक्तिको विवाद पनि टुंगिएको छ।

२९ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको