फागुन २८, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका क्रियाकलापमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
विप्लव नेकपाका क्रियाकलाप आतंककारी र आपराधिक भएको निश्कर्षसहित उसमाथि प्रतिवन्धको घोषणा गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले विप्लवका क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो ।
स्रोतका अनुसार उक्त पार्टीले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।
राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ ।
प्रहरीले देशभर विप्लव नेकपाका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ । सरकारका तर्फबाट मन्त्रिपरिषद् बैठकको यो निर्णयबारे औपचारिक जानकारी आएको छैन।
प्रतिक्रिया दिनुहोस