जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष डुम्रेले जनवादी विवाह गर्दै


फाल्गुन २८, स्याङ्जा । विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे विवाह बन्धनमा बाँधिने भएका छन ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड १२ स्थायी घर भएका अध्यक्ष डुम्रेले जनयुद्ध कालमा शाही सेना द्वारा हत्या गरिएकि शहिद कुबिजाको परिवारको सदस्य वालिङ् नगरपालिका वार्ड नम्बर ८ निवासी कृष्ण सुवेदी संग यहीँ फाल्गुन २९ गते (१३ मार्च २०१९) स्याङ्जाको वालिङमा जनवादी विवाह गर्ने भएका हुन ।

उक्त जनवादी विवाहमा कार्यक्रममा पार्टीको स्थायी समितिबाट सहभागी हुने भनिए पनि पछिल्लो सुरक्षा अवस्थालाई बुझेर स्थायी वा पिबिबाट सहभागीता जनाउने तयारी भएको संगठनका महासचिव हिम बिष्टले जानकारी दिनुभएको छ ।

उहाले जनबादी विवाह कार्यक्रममा पत्रकार, नागरिक समाजका अगुवा, कानुन व्यवसायी लगाएतलाई उपस्थिति गराउने बताउनुभएको छ ।

२८ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको