फागुन २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीके राउतसँग सरकारले गरेको सहमतिपछि देखिएका विवादहरु समाधान गर्ने कसरतमा आफू रहेको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले पार्टीभित्र छलफल गरेर समाधान निकालीने बताए ।
सीके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिबारे पार्टीभित्रैबाट विरोध भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । ‘जुन जुन कुरामा विवाद छ त्यसमा छलफल गरेरै समाधान निकाल्ने हो साथीहरुले बाहिर धेरै नबोल्दा नै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ’, प्रचण्डले भने ।
सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए ।
नेकपाका नेता माधवकुमार नेपाल, भीम रावल लगायतले यो सहमतिको सार्वजनिक रुपमै विरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस