इनार खन्ने क्रममा पुरिएका युवकको शव २६ घण्टापछि निकालियो (फोटोफिचर)


फागुन २८, काठमाडौं । चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएर पुरिएका एक युवाकाे २६ घण्टापछि मृत अवस्थामा फेला पारेकाे छ ।

चन्द्रागिरी नगरपालिका १२ मा इनार खन्ने क्रममा सिन्धुली घर भइ हाल च.न.पा. ६ डेरा गरि बस्ने राम माझीको मृत्यु भएको हाे ।

आइतबार सो घटना भएता पनि उनलाई २६ घण्टा पश्चात् मृत अवस्थामा उनकाे शव ३० फिट मुनिवाट निकालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त लामाले वताए ।

जिल्ला सिन्धुली घर भई चन्द्रागिरी ६ बस्ने ३५ बर्षीय राम माझी इनारको रिङ्ग हाल्ने क्रममा सो घटना भएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले वताए ।

माटो निकै कम्जोर रहेकाले इनारमा रिङ्ग हाल्ने क्रममा मिती २६ गते माटो भासिएर दिउसो ४ बजेतिर घटना घटेको थियो । तर, २६ घण्टा लागातार नेपाल प्रहरी, नेपाली सेना, सस्त्र प्रहरी बल र स्थानीयको सहयोगले शब निकालिएको जान्कारी प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले दिए ।

महानगरीय प्रहरी बृत थान्कोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले मृतकको सब प्रारम्भिक अनुसन्धान र पोस्ट्मार्टमको लागि त्री.बि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त लामाले भने- ‘इनार खन्ने क्रममा पुरिएकाे लामाे समय सम्म उदार प्रयास जारी रहयाे, जमिनकाे भाैगाेलिक कठिनाईकाे वावजुत उदार कार्यमा निकै कठिनाई उत्पन्न भएता पनि सानाे गल्तीले गर्दा ज्यानै गुमाउनु याे ज्यादै दुख दायी कुरा हाे, इनारमा काम गर्ने मजदुरहरूलाई तालिम र ज्ञानकाे अभाव देखिएकाे छ । सानाे कमजाेरी र गल्तीवाट पाठ सिकन जरूरी छ ।”

घटना स्थलमामा अाफै पुगेका काठमाडौ प्रहरी प्रमुख लामाले येस्ता घटना वेलावखत घट्ने गरेको हुँदा येथासिघ्र विशेषज्ञ टोलि द्वारा आवश्यक तालिम एबम सुरक्षित औजार र उपकरणको प्रयोग गराउन सम्बन्धि निकायले ध्यान दिनुपर्ने र स्वम मजदुर र घरधनिहरु पनि यस बिषयमा बेलैमा सोचेर सुरक्षित हुनुपर्छ भन्दै खबरदारी एबम सचेतना अावश्यक रहेकाे वताए ।

नेपाली सेना बृजिङ्ग महाशाखाका प्रमुख सेनानी पवन थापाले घटना भए पश्चात् उद्धार कार्यमा लागेकाे र विभिन्न कठिनाई र हिलाे माटाे अाई माटाे भत्कने समस्या अाएकाेले उद्धार गर्ने टाेलीलाई समेत जाेगाउनु पर्ने वाध्यताले उद्धार कार्यमा समस्या उत्पन्न भएकाे वताए ।

घटनापश्चात स्थानीयले प्रहरीलाई खबर गरे पश्चात् महानगरीय प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग वलम्वु, नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली , सशस्त्र प्रहरी वल निलवाराही, नेपाली सेनाको जगदल, बृजिङ्ग महाशाखा थानकोटका टोलीले उनको उद्धार गरेकाे थियाे ।

२८ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको