कोरियाले माग्यो १० हजार कामदार, फाराम भर्ने मिति पनि तोकियो


फागुन २८, काठमाडौं । दक्षिण कोरियाले यो वर्ष १० हजार ५० जना नेपाली कामदार लैजाने भएको छ ।

जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी भएको छ । यसका लागि सरकारले कोरिया जान लिइने भाषा परीक्षाको मिति तोकेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ ।

परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ ।

२८ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको