नेकपा स्याङ्जाले ४८ वटा संगठन निर्माण गर्यो


माघ २९, स्याङ्जा । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले संञ्चालन गरेको २ महिने संगठन सुढृडीकरण तथा विस्तार अभियान अन्तर्गत स्याङ्जामा पार्टी सेल तथा पार्टीको विभिन्न भातृ संगठनका गरि ४८ ओटा संगठन निर्माण गर्दै नेकपा स्याङ्जाको एक महिने अभियानको अन्तिम समिक्षा बैठक सम्पन्न गरेको छ ।

संसदीय ब्यबस्थाको विकल्पमा एकीकृत जनक्रान्तीको माध्यमबाट वैज्ञानिक समाजवाद हुँदै साम्यवादको बाटो पछ्याएको नेकपाले वर्षौ देखि चलिआएको संसदीय ब्यबस्थाले वास्तविक जनतालाई कुनैपनि राहात दिन नसक्ने निस्कर्ष निकाल्दै नेपालमा शुख, शान्ति र सम्वृद्धिको लागि एकीकृत जनक्रान्तीको माध्यमबाट वैचारिक लडाईका निम्ति सबै जनतालाई विप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीमा गोलबन्द हुन आग्रह गरेको छ ।

स्याङ्जाका नगरपालिका, गाउंपालिकाका विभिन्न ठाउमा पुगेर समसामायीक राजनीतिक परिवेशमा बहस, छलफल तथा अन्तरक्रिया गरि कमिटिहरु निर्माण गरेको केन्द्रिय सदस्य तथा अभियानका ईन्चार्ज कमरेड शितलले जानकारी दिए ।

उनले बिभिन्न समुदायमा पुग्दा जतिपनि क्रान्ति भए अन्तिममा गएर सम्झौतामा टुङ्गिाएर अहिले सम्मका राजनीतिक दलले हामी जनताहरुलाई उकुसमुकुस हुन बाध्य पारेको बाताए ।

अभियान टिममा ब्युरो सदस्यहरु समर, गम्भिर, अमर, जगन र गोकुल लगायतले स्याङ्जाको बसाईमा भएका अनुभूतिजन्य कुराहरु राखेका थिए भने बाहिरी जिल्लाबाट आएका युवाको टिम र स्याङ्जा जिल्ला सदस्यहरुले आ आफ्नो कार्यक्षेत्रको रिपोटिङ गरेका थिए ।

समिक्षा बैठकको सञ्चालन जिल्ला सेक्रेटरी गोकुलले गरेको नेकपा स्याङ्जालाई उदृड गर्दै स्याङ्जाबाट पत्रकार ध्रुबले जानकारी दिएका छन ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको