रंगशाला बनाउन धुर्मुश सुन्तलीलाइ मलेसियाबाट ३५ लाख धेरै सहयोग रकम उठ्यो


माघ २९, काठमान्डौ ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ कार्यक्रमबाट ३५ लाख ७१ हजार सहयोग उठेको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ मलेसियामा सम्पन्न कार्यक्रमबाट उक्त रकम उठेको सिताराम कटेल धुर्मुशले बताएका छन ।

सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएपनि ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ मलेसियामा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका ३ वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा सम्पन्न कार्यक्रमबाट उक्त रकम उठेको हो ।

मलेसियाको शहरमा भएको कार्यक्रम अत्यन्तै सानदार ढंगले सफल भएको धुर्मुशले बताएका छ । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन लिनुका साथै ३ वटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई स्वःस्पूर्त सहयोग गरेको उनले बताएका छन्।

कार्यक्रम स्थलबाटै नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ धुर्मुशले आफ्नो फेसबुक मार्फत जानकारी दिए भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थपगरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको छ ।

सहयोग रकम पाएपछि मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगका लागि धुर्मुस सुन्तलीले आभार प्रकट गरेका छन ।

रंगाशाला निर्माणकै लागि त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः निमन्त्रणा पाएकोमा खुसि व्यक्त गर्दै, आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन ।

सिताराम कटेलले भनेका छन, ‘स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं ।’

हेर्नुहोस उनको भनाइ

२९ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको