अखिल (क्रान्तिकारी) राप्ती बबइ क्याम्पसको अध्यक्षमा प्रभा वली निर्वचित


तेज प्रसाद पोख्रेल/माघ २९, दाङ । दाङको तुलसिपुरमा रहेको राप्ती बबइ सामुदायिक क्याम्पसमा नेकपा निकट अखिल (क्रान्तिकारी)काे इकाई सम्मेलनले प्रभा ओलिको अध्यक्षतामा ११ सदस्यीय राप्ती बबइ मुल इकाइ कमिटी निर्वाचित गरेको छ ।

राप्ती बबइमा भएको तेस्रो सम्मेलनलाई सम्बोधन गर्न अखिल (क्रान्तिकारी)की जिल्ला अध्यक्ष प्रीतिमा चौधरी प्रमुख अतिथि अतिथिको रुपमा, नेपाल कम्युनिस्ट पार्टी तुलसिपुर नगर इन्चार्ज तिलक योगी र बिशिष्ट अतिथिको रुपमा लगायत पत्रकार र विद्यार्थी सँगठनका जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।

नव निर्वाचित मुल इकाइ कमिटी राप्ती बबइका पदाधिकारिहरुले राप्ती बबइ मात्र नभएर पुरै तुलसिपुरमा रहेको शिक्षाको ब्यथितिको बिरुद्धमा डटेर लड्ने प्रतिबद्धता जाहेर गर्दै जस्तो सुकै परिस्थितीमा पनि न्यायका लागी लड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

नव निर्वाचित टिमलाई बधाइ दिदै अखिल क्रान्तिकारी बिद्यार्थी सँगठन जिल्ला सदस्यहरु सहभागी थिए । संगठनका नगर संयाेजक युबराज ओलिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य दीपेन्द्र ओलिको स्वागत मन्तब्य रहेको थियो भने सहजिकरण दाङ जिल्ला कोषाध्यक्ष प्रकाश ओलिले गर्नुभएको थियो ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको