रोल्पामा नेपाल टेलिकमको टावर बिग्रदा जाजरकोटसम्मको टेलिफोन अवरुद्ध


माघ २९, रोल्पा । रोल्पामा नेपाल टेलिकमको टावर बिग्रदा जाजरकोटसम्मको टेलिफोन अवरुद्ध भएको भएको छ ।

रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति बनाएपछि जाजरकोटसम्मको टेलिफोन सेवा अवरुद्ध भएको हो । माघ २५ देखि अवरुद्ध भएको टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् ।

टावर बिग्रदा रोल्पाको पश्चिम क्षेत्रमा पनि टेलिफोन अवरुद्ध भएको छ । परिवार्तन गाउपािलकाको राङकोट, पाछावाङ, ईरीवाङ, सुकिदह गाउँपालिका लगाएत अन्य गाउपालिकाका केहि स्थानमा फानेले काम गरेको छैन ।

फोन सेवा अवरुद्ध हुदा आफन्त लाई फान गर्न, सुचना आदान प्रदान गर्न गाह्रो भएको स्थानियहरुले वताएका छन् । आफन्तलाई फोन गर्न परेमा घन्टौ हिडेर डाडामा आउनु पर्ने वाध्यता रहेको परिवर्तन गाउपालिका वडा ५ का वडा सदस्य दिल वहादुर ओलीले जानकारी दिए ।

त्यस्तै रोल्पाको रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । दुई हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्राही मर्कामा परेका छन् ।

मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको थियो ।

रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए । नेपालगन्जबाट प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए। टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ ।

मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौं स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ। कहिले टावर निर्माण हुन्छ भन्ने एकिन नभएको बताएको छ ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको