दाङमा दुई थान बन्दुकसहित एकजना यसरी परे प्रहरीको फन्दामा


माघ २९, दाङ । दाङमा सोमबार राति भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरी टोलीले राजपु गाउँपालिका-७ गन्देलाका ४२ वर्षीय शशिराम पुनलाई पक्राउ गरेको हो । उनको साथबाट दुई थान लोड गरेका बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पुनले मादक पदार्थ सेवन गरी सोही गाउँपालिकाका ५५ वर्षे तिलक डांगीसँग विवाद हुँदा बन्दुकले मार्छु भनी बन्दुक निकालेका थिए । सोही सूचना प्रहरीले पाएपछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको