सल्यानको बाँफुखोलाबाट सिधै भारतको सिम्लासम्म बस संचालन हुने


माघ २८, सल्यान । सल्यानको बाँफुखोलाबाट अब सिधै भारतको सिम्लासम्म बस संचालन हुने भएको छ ।

सल्यान रुकुम यातायात व्यवसायी समितीले यहि आउदो फागुन १७ गते शुक्रबार देखी लागु हुनेगरी भारतको सिम्लासम्म सिधा बस सेवा संचालन गर्न लागेको हो ।

फागुन १७ गतेदेखि प्रत्येक हप्ताको शुक्रबार बागचौर नगरपालिका वडा नम्बर १२ मा पर्ने बाँफुखोला दोभानबजार देखी भारतको सिम्ला सम्म सिधा सुपर डिलक्स बस संचालन हुने सल्यान रुकुम यातायातका महासचिव अरबिन्द कुमार राईले बताएका छन् ।

बाँफुखोलाबाट गाडी शुक्रबार मध्याह्न १२ बजे सिम्लाका लागी छुट्नेछ । यात्रा आरामदायी, बिश्वसनिय वातावरण र नम्र व्यबहारको हुने सल्यान रुकुम यातायातले दाबी गरेको छ ।

२९ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको