नेकपा सगरमाथा व्युराेकाे अभियान जारी, पुर्व एमाले र माओवादीबाट पार्टी प्रवेश


माघ २९, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोकाे संगठन सुदृणिकरणा तथा विस्तार अभियान तिब्र पारेकेा छ ।

अभियानकै क्रममा उदयपुर जिल्लाको चौदन्डिगडी नगरपालिका १ रानिटारमा सभा नेकपाका केन्द्रिय सदस्य तथा अभियान टाेली प्रमुख सन्जिवकाे उपस्थितिमा जनसभा गरिएकाे छ ।

सयौं जनता तथा नेता कार्यकर्ता सहभागी जनसभालाइ सम्बाेधन गर्दै अहिलेकाे नेपाली राजनीति संकटपूर्ण अवस्थामा रहेकेा भन्दै नेकपाले मात्रै यसलाइ सही मार्गमा ल्याउन सक्ने बताउनु भयाे ।

नेपालको सबै खाले बेतिथिको निकास अब आफनो पार्टीले अगाडी सारेको बैज्ञानिक समाजबादले दिने भन्दै उहाँले आफुले बोल्दा आफ्नो पार्टीले सन्चान गरेको अभियानबाट अतालिएर राज्यले प्रहरी प्रशासन लगाएर गैरन्यायिक ढङ्गले गिरफ्तार गरेको बताउनु भयाे ।

सबै गिरफ्तार नेता कायकर्रतालाइ बिना सर्त रिहा गर्न समेत माग गर्नु भयो। कार्यक्रमका अर्का बक्ता ज्ञानुले आफ्नो पार्टीले रास्टियताको मुद्दा उठाएर जनताको पक्षमा लडन तयार भएकोले आम जनसमुदायलाइ रास्ट्रियता र जनजिबिकाको मुद्दामा एक हुन अपिल गर्नुभयाे ।

उक्त कार्यक्रमकाे सन्चालन ओखलढुंगाका सेक्रेटरी २ नम्बर टोलिका प्रमुख सुपृमले गर्नु भएको थियो । साेहि कार्यक्रममा माओवादिका जिल्ला सद्स्य मोहन र एमालेका शेर बहदुर थापा पार्टी प्रबेश गरेका छन ।

पार्टी प्रवेसिहरुलाइ पार्टी प्रबेश गराउदै केन्द्रिय सदस्य सन्जिबले सबै बामपंथी देशभक्त प्रगतिशील रास्ट्रवादी शक्तिलाई ध्रुविकरण हुन अपिल गर्नु भयो ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको