अध्यागमनमा झिटीगुन्टा कडाई नितिलाई पुर्ववत कायम गर्न INC युएईको माग


माघ २९, युएई  | यसै अंग्रेजी बर्षको सुरुवात देखि आकस्मिक रुपमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल, अध्यागमनमा झिटीगुन्टा सम्बन्धी नीतिमा हदै सम्मको कडाई गरि बैदेशिक रोजगारीबाट फर्किएका प्रवासी नेपालीहरुको मनोबल गिराउने प्रकृतिले श्रमिकहरुको सामान जफत गरिएको ठहर गर्दै अन्तर्राष्ट्रिय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषद , युएईले सोमबार एक बिज्ञप्ती जारी गर्दै  नेपाल सरकारको ध्यानाकर्षण गराएको छ |

देश विदेशबाट सरकारको उक्त पछिल्लो निति बिरुद्द विभिन्न आवाजहरु उठिरहेको बेला, युएईमा पनि बिगत ४ बर्ष देखि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय उक्त संस्थाले नेपाली राजदुतावासको कार्यालय,आबुधाबी युएई मार्फत बिज्ञप्ती जारी गर्दै  गैह्रब्यापारीक तथा गैह्रआपराधिक उधेस्यले नितान्त घरायासी र व्यक्तिगत प्रयोजनको लागि मात्र लेराईएको समानहरुको जफत गरि बैदेशिक श्रमिकहरुलाई निकै दुखि तुल्याएको उल्लेख गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराएको हो |

बिज्ञप्तीमा खरबौ रेमिट्यान्स भित्राउने, खाडी र मध्यपुर्वमा मात्र हजार/बाह्र शय रिंगेट र रियालको तलबको लागि  ५० डिग्रीको तातोमा काम गर्ने मजदुरहरु राज्यको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको ‘विप्रेषण’ दुतहरु करिब ५० लाख युवाहरुको श्रम प्रतिको सम्मान गर्दै न्यायिक बन्दै पुर्ववत व्यवस्था कायम गरिदिन अनुरोध गरिएको छ |

बिज्ञप्तीको अन्त्यमा सम्पूर्ण प्रवासी नेपालीहरु आफ्नो देशको आत्मनिर्भरता, शान्ती , सुरक्षा र सम्वृद्धिको सपना देख्ने र  न्यायोचित ढंगबाट राजस्वको संकलन र राज्य ढुकुटीको भरणपोषण हुनु पर्ने कुरामा जोड दिदै सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको  हित साथै बैदेशिक नेपाली कामदारहरुको समेत सम्वृद्धि, सुरक्षा र खुसिको लागि नेपाल सरकारद्वारा जारी हुने कुनै पनि न्यायसंगत नीति नियमको परिपालनामा एक नेपाली नागरिकको कर्तब्य बोध सहित सो को  स्वीकारोक्तीमा सदैव उद्दत रहने कुरा समेत उल्लेख गरिएको छ |

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको