प्रहरीले नारा मेटेपछि नेकपाले दियो यस्तो चेतावनी


माघ २९, बुटवल । नेपाल कम्युनिस्ट पार्टीले देशभर जनयुद्धको २४ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।

लुम्बिनी ब्युरोअन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा लगाइएका आधा दर्जनभन्दा धेरै जनयुद्ध दिवससम्बन्धित नारा अङ्कित ब्यानर र सडकछेउमा लेखिएका दुई दर्जन नारा प्रहरीले मेटिदिएको छ । ‘जनयुद्ध दिवस सफल पारौँ, वैज्ञानिक समाजवाद जिन्दावाद एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा र ब्यानर मेटाइएको नेकपाले जनाएको छ ।

संविधानप्रदत्त अधिकारमा सङ्घसङ्गठनका नारा लेख्न पाइने भए पनि नेपाल कम्युनिस्ट पार्टीले लेखेको नारा तथा ब्यानरहरू यसरी फालिएको हो । कपिलवस्तु र दाङको सिमानामा पर्ने धानखोलामा लेखिएका सबैजसो नारा पोतेर मेटाइएको छ भने मुख्य सहर र चोकहरूमा लगाइएका ब्यानर रातारात हटाइएको छ ।

यसैक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले विज्ञप्ति जारी गर्दै ‘संविधानले लागू गरेको मौलिक हक कुल्चिँदै राजनीतिक नारा हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ ।

नेकपाले बन्दुकको भाषा प्रयोग नगर्नसमेत चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सुसूचित गराउने राजनीतिक नारा हटाउनु द्वन्द्वको आगमन हो ।’

विज्ञप्तिकाे पूर्णपाठ

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको