कालिकोटमा नेकपाकाे अभियान जारी, ८७ संगठन निर्माण, १ सय १८ जना पार्टी प्रवेश


माघ २९, कालिकाेट । कालिकोट नरहरिनाथ गाउँ पाँलिका वडा न ८र ९ साविकाे लालु गाविस बाट सुरू भएकाे अभियानले जनताकाे मन जिन्न सफल भएकाे छ ।

अभियानका क्रममा संगठन निर्माण तथा सभा, प्रशिक्षण लगायतका कार्यक्रम जारी छन् । अभियानका कममा बिभिन्न पार्टीबाट नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेकाे लहर चलेकाे छ ।

नेकपाले संञ्चालन गरेकाे संगठन सुदृढकरण तथा विस्तार अभियान अन्तरगत २५ दिन सम्म विभिन्न पाटी परित्याग गरि विप्लव नेतृत्वकाे नेकपा ११८ जना प्रवेश गरेका छन ।

माघ ५ गते बाट सुरू भएकाे अभियानकाे कमान्डर नेकपाका केन्द्रीय सदस्य नवीन विश्वकर्मा (हिम्मान ) पसा इन्चार्ज लक्ष्मण उप्रेती (अाजन) पुविय कालिकोट अभियान टाेलि का कमान्डर र कालिकोट जिल्ला सेक्रेटरी कालिकोट मनिलाल एडी (रणदिप) ले गरेका छन । उनका अनुसार संगठन निमाण ८७ वडा गरेका ७वटा सुढृढ गाउँ कमिटी गठन गरेकाे छ त्यसै गरि १४ वटा सेल कमिटी गठन गरेकाे छ ।

३ वटा गाउँ कमिटी गठन गरेकाे भने जिल्लाका विभिन्न ठाउँमा १० वटा जनसभा गरेकाे छ जसमा रास्नाकाेट, चिल्खाया, दाहाँ, पारिपाल्ली, छाती, लालु, पिपकेट, जितेगडा, रकु र सुकाटिया मा जनभेला सम्पन्न गरेकाे छ ।

गनुकाे साथै प्रत्येक गाउँमा सहिद परिवार संग भेटगाट र शिक्षक बुद्धिजीवी हरू संग अन्तरक्रिया गरेकाे छ ।भने याे अभियान अजै जारी रहने सेक्रेटरी मनिलाल एडि (रणदिप) ले बतनउनु भयाे ।

यस्तै भाता गाविसकाे छातिमा २१ जनाले पार्टी प्रवेश गरेका छन भने रकुमा ७५ जना, नानिकाेट ५ जना, पाँखा ४ जना र पिपलकाेटमा १३ जनाले पार्टी प्रवेश गरे ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको