रोल्पाका आधा विद्यालयमा शिक्षक दरबन्दी शून्य


माघ २९, राेल्पा । रोल्पामा रहेका अधिकांश विद्यालय निजी स्रोतका शिक्षकको भरमा सञ्चालन भइरहेका छन् ।

जिल्लाका चार सय सात विद्यालयमध्ये दुई सय ३२ मा शिक्षक दरबन्दी शून्य छ । दरबन्दी शून्य भएका र न्युन दरबन्दी भएका विद्यालय निजीस्रोतका भरमा सञ्चालन भइरहेका छन् ।

जिल्लामा रहेका आधारभूत तह (कक्षा १ ८) का एक सय ६८, र मावि तह (कक्षा ९ १०) का ६४ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । जिल्लाका कुल ४ सय ७ विद्यालय सञ्चालनमा छन् ।

तीमध्ये साबिकका एक सय १ प्राथामिक विद्यालयमा ६७ निम्न माध्यमिक विद्यालय, र ६४ माध्यमिक विद्यालयमा दरबन्दी शून्य छ । एक सय ७५ विद्यालयमा शिक्षक दरबन्दी रहे पनि अन्य अधिकांश न्युन छ । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन हुँदै आएका छन् ।

दरबन्दी अभावका कारण कतिपय विद्यालय बन्द नै गर्नु पर्ने अवस्थामा पुुगेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारिको गुनासो छ ।

वन समूह, अभिभावक, देउसी भैलोबाट सकलित रकमबाट निजी स्रोतका शिक्षक नियुक्त गरी विद्यालय सञ्चालन भइरहेका छन् । यो समाचार नवीन लोचनमगरले नयाँ पत्रिकामा लेखेका छन् ।

२९ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको