बाग्लुङको बडिगाड –२ मा नेकपाका शेरचन विजयी


मङ्सिर १५, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-२ वडाध्यक्षमा सत्तारुढ दल नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् ।

त्यसैगरी समाजवादी पार्टीका हरिलाल रानाले ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । कूल एक हजार साच सय ४२ मतदातामध्ये एक हजार एक सय ३४ मतदाताले मतदान गरेका थिए । खसेको मतमध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि तत्कालीन एमालेका विष्णुप्रसाद भुषालले विजयी भएका थिए ।

भुषाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि नेकपा, कांग्रेस र समाजवादी पार्टीका उम्मेदवार चुनावी मैदानमा थिए ।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको