अन्तरास्ट्रिय मङ्गोल एकता समाज युएईको दोस्रो अधिनेशन सम्पन्न


११ नोभेम्बर/दुबई । अन्तरास्ट्रिय मङ्गोल एकता समाज युएईको आफ्नो दोस्रो अधिबेशन साथै नेशनल मङ्गोल अर्गनाइजेसनको ३० औं स्थापना दिवस जनवरी ११ मा सम्पन गरेको छ ।

दुबईको आब्रा स्थित सन एन्ड स्काई नामको सीपमा समाजको दोस्रो अधिबेशनमा प्रमुख अतिथिको रुपमा एमएनओका केन्द्रिय प्रवक्ता तथा मङ्गोल भिजन राष्ट्रिय साप्ताहि पत्रीकाका सम्पादक दिलिप धिमाल र विशेष अतिथिको रुपमा एमएनओ केन्द्रिय सदस्य तथा एमएनओ केन्द्रिय कार्यालय सचिव रिन्छेन दोर्जे तामाङ रहेका थिए ।

तमु ल्होसारको अबशर पारेर आयोजना गरेको दोस्रो अधिबेशनमा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुतीहरु दिएका थिए । अधिबेशनले अमर धिमालकै नेतृत्वलाई निरन्तरता दिदै ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा अमर धिमालको, सचिब सोम राना, कोषाध्यक्ष दिपा बुढा मगर, सहसचिब नवीन लामा, प्रवक्ता बिकास लामा र प्रचार प्रसार सचिवमा ग्याछेन लामा, त्यस्तै सदस्यहरुमा बिकास लामा, राम जि मंगोल, मिलन जिएम, प्रकाश राना, जिमा शेर्पा, बिकास मगर, सर्मिला धिमाल, उचित लामा, लक्षमण सुनुवार, रबिन मगर, बिनोद नेगि, गोबिन्द्र योङ्हाङ, कान्छी शेर्पा, सबिन मगर, सुक मगर, शृजना लामा, देउ मान तामाङ, प्रेम मगर, बिमला गुरुङ, भेस राज मगर, घोज गुरुङ, शृजना लामा, संगिता मोक्तान, भागिराम बुढा, खड्क बहादुर पुन रहेका छन । दोस्रो अधिबेशनले प्रबास सभाको सांस्कृतिक सभाको संयोजकमा प्रवेश दोङ र सुरेश लामालाई चयन गरेको छ ।

कार्यक्रममा तेज पाइजा मगर, बिनोद लामा, बिकास लामा, रमेश लामा, प्रेम मिलन, दिपा बुढा मगर, दिलिप खाती, जिल्मा शेर्पा लगायतले पनि आआफनो मन्तब्य राखेका थिए । युएई प्रबास सभाका सल्लाहकार बिरु घर्ति मगरले प्रबास सभाले गरेको गतिविधि प्रस्तुत गरे भने भने विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत कार्यक्रमलाई मनोरञ्जन प्रदान गरेका थिए ।

२०७५ पुष २८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको