सुदूरपश्चिम सेवा समाज युएईको तेस्रो अधिबेशन सम्पन्न :अध्यक्षमा ‘सन्ध्या बोगटी’


जनवरी १२, यूएई । ‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै ‘सुदूरपश्चिम सेवा समाज युएई’ केन्दीय समितीले भव्यताका साथ आफ्नो तेस्रो अधिबेशन सम्पन्न गरेको छ । गएको सुक्रवार जनवरी ११ का दिन दुबईको एभरेस्ट होेटेलमा सम्पन्न भएको हो ।

यूएईमा कर्मथलो बनाएका सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृतिक प्रकोप, दैवीय प्रकोप जस्ता विपत्तिहरु तथा गरीब असहायहरुको सहयोगार्थ स्थापना भएको उक्त संस्थाले पहिलो र दोस्रो कार्यकालको सफलता संगै तेस्रो कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको समाजका महासचिव दान सिंह महराले जनाएका छन् ।

तेस्रो अधिबेशन द्वारा चयन कार्यसमितिको अध्यक्षमा सन्ध्या बोगटी भण्डारीलाई सर्वसम्मत मनोनित गरेको छ ।

सुदूरपश्चिम सेवा समाज युएईका निबर्तमान अध्यक्ष जयराज जोसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम सेवा समाज अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष लोकेन्द्र बहादुर बंम रहेका थिए ।

त्यसैगरी कार्यक्रमको बिशेष अतिथिहरुमा सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाजका गल्फ संयोजक धर्मराज पान्डे (अन्तर्राष्ट्रिय कबडि खेलाडि दुबईका लाहुररया डेउडिया), सुदूरपश्चिम सेवा समाजका बरिष्ठ सल्लाहकार लक्ष्मण अधिकारी, गिनिज बुक रेकर्डका लागि बिश्व भर्मनमा रहेका चेला मनोज चन्दको उपस्थित रहेको थियो ।

सुदूरपश्चिमवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा समितीका युएई केन्द्रिय उपाध्यक्ष देब कुवरले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए, भने कार्यक्रमका प्रमुख अथिति, बिशेष अथिति लगायत अन्य अथितिहरुले मन्तब्य द्वारा नवगठित समितिलाई बधाई तथा शुभकामना दिने कार्य भएको थियो ।

नवगठित समितिका अध्यक्ष सन्ध्या बोगटीले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा युएईमा रहेका सम्पूर्ण सुदूरपश्चिम वासीहरुलाई एकजुट गराएर अघि बढ्ने प्रतिबद्धता दिएका थिए ।

भेलाद्वारा चयन भएका नव पदाधिकारिहरु 

अध्यक्षमा टिकेस्वरि भन्डारि बोगटी ‘सन्ध्या’, बरिष्ठ उपाध्यक्षमा धन खड्का, महिला उपाध्यक्षमा सुधा राना, प्रथम उपाध्यक्षमा भिम सिंह, द्दितीय उपाध्यक्षमा कासी गोयला, महासचिवमा दान सिंह महरा ‘दिनेस’ चयन भएका छन् ।

त्यसै गरि सचिवमा मनोज भट्ट ‘सानुकाजी’, सह-सचिवमा देवेन्द्र बिष्ट, कोषाध्यक्षमा मोहन ठगुराठी, सह-कोषाध्यक्षमा सिर्जना मल्ल, कलासंस्कृति बिभाग प्रमुख सुरज शाह, कलासंस्कृति बिभाग उप-प्रमुख रबिन कठायत र सदस्यहरुमा सिबराज जैसी तिमिल्सिना, मनोज साउद रहेका छन् ।

२८ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको