राज्यको शिक्षा नीतिभित्र अल्झिएका विद्यार्थीका सपनाहरु


मदन चापागाईं । विद्यार्थी देशको आर्थिक विकास, सामाजिक सहिष्णुता, राष्ट्रियता मानव अधिकार, अनुसन्धान, विज्ञान र प्राविधिक विकासको प्रयाय हो भन्दा कुनै अतिउक्ति नहोला । अर्थात् भिन्न प्रकारले विश्लेषण गर्दा कुनै पनि देशको समृद्धि विद्यार्थीहरुको शैक्षिक स्तरसंग अनोन्याश्रीत छ भन्ने कुरामा वादविवाद र बहस चलाई रहनु आवश्यक छैन ।

कुनै पनि राष्ट्रको आर्थिक विकास सूचक त्यस राष्ट्रको शैक्षिक स्तरससंग एक अर्कासंग परिपुरक जस्तै देखिन्छन् ।

तर नेपाल यस्तो देश हो जहा ‘विद्यार्थीहरुलाई विदेश धकेलिन्छ र रेमिटेन्स भित्र्याएर देशको आर्थिक विकास मजवुद बनाउने दिवास्वपन देखिन्छ । हो म त्यो देशको नागरिक हो जहा ‘अर्थमन्त्रीले बजेट भाषणमा विद्यार्थी, युवा पलायन गराएर अघिल्लो आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा यति प्रतिशत बढी रेमिटेन्स भित्र्याए भनेर गर्व गर्छ । हो म त्यही देशको नागरिक हो जहा ‘विद्यार्थीहरुलाई उद्यमशीलताको पाठ सिकाईदैन र विदेशबाट आयातित सामानमा यति प्रतिशत कर लगाएर अघिल्लो आर्थिक वर्षभन्दा यति प्रतिशत बढी राजस्व सङ्कलन गरियो भनेर विजय उत्सव मनाईन्छ ।

प्रत्येक तहमा उत्तिर्ण भएका कति प्रतिशत विद्यार्थी कुन देशमा के गुलामी गरिरहेका छन् भन्ने तथ्याङ्क निकाल्न यो राष्ट्रलाई कहिल्यै फुसर्द भएन । देशको शिक्षालाई रोजगारीसंग जोड्नु पर्छ भन्ने कुरामा राष्ट्र पुरै वेखबर रह्यो । शिक्षालाई देशको आवश्यकता र उत्पादनस“ग जोड्नु पर्छ भन्ने पाठ अहिलेसम्म कुनै विद्यालय विश्वविद्यालयमा सिकाइएन । सिकाइयो त केवल विदेशी राष्ट्रका आवश्यकता पूरा गर्ने विधि र प्रक्रिया, घोकाईयो त केवल विदेशी राष्ट्रले १०० वर्ष अघि अनुसन्धान गरेर भ्हउष्चभ भएका सिद्धान्तका क्भििष्दगक देखाई यो त केवल गुलामी गरेर विदेश राष्ट्रलाई उर्वर बनाउने मार्ग चित्र ।

खोई यो भन्दा अरु के गरियो र अहिले समृद्ध नेपाल र सुखी नेपालीको आधारहिन नाटक मञ्चन गरिन्छ ।

तथ्याङ्क अनुसार एसएलसी पास गरेको करिव १८ प्रतिशत विद्यार्थी भारत र तेस्रो मुलुक पुग्छ, १२ पास गरेका करिव २१ प्रतिशत विद्यार्थीको गन्तव्य खाडी मुलुक र युरोप हुन्छ, स्नातक पास गरेको करिव १४ प्रतिशत विद्यार्थी वेरोजगारीले आक्रान्त भई कोरिया, जापान, अस्ट्रेलिया र युरोप हुईकिन्छ । देशको स्नातकोत्तर पास गरेको विद्यार्थी विश्वविद्यालयको अगाडि रहेको लाइब्रेरेटोरी स्कुलमा कोरियाको फर्म भर्न माक्र्स लगाएर कठ्याङ्ग्रीदो चिसोमा दिन रात पालो पर्खन भुईमा नै सुत्छ । अनि गरिन्छ त्यही विश्वविद्यालयको माथिल्लो प्राङ्गणमा विद्यार्थीहरुको हकहितका लागि सधै हामी तपाईको साथमा छौं भन्ने खोक्रा भाषण ।

तर हामी नेपाली, हामीमा विश्वासको कहिल्यै खडेरी लागेन हामी कुनै कुरालाई छिट्टै विश्वास र छिट्टै परित्याग गर्न पछि पर्दनौं । प्रसङ्ग जे भए पनि कोरिया जान लाईन बसेका स्नातकोत्तर उत्तिर्ण गरेको विद्यार्थी होस् वा जापान र युरोप छिर्न राहदानी बनाउन तछाडमछाड गरेको युवा होस् ऊ विभिन्न वहानामा राजनीतिक दलको भ¥याङ्ग वा विद्यार्थी सङ्गठनको लिस्नो बन्नबाट अछुतो रहेन । उसले घोक्यो त कथाकथित पार्टीका घोषणा पत्रका ठेली, दिनरात नभनी पढ्यो त सङ्गठनका मुखपत्र, प्रभावित भयो त केवल अल्पकालीन स्वार्थ र फर्जी नीतिगत रुपमा ल्याइएका लुप्त विम्बहरुमा ।

विद्यार्थी आन्दोलन, विद्यार्थी योगदानले देशको सम्पूर्ण विकासमा नेतृत्वकारी भूमिका खेलेन भन्नु मेरो ठूलो भुल हुनेछ तर ईतिहासको विद्यार्थी आन्दोलन र वर्तमानको विद्यार्थी आन्दोलनमा धेरै ठूलो अन्तराल भेट्टाउन मेरा नयन चच्छुले कति पनि समय लगाउदैनन् । २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, २०६२÷०६३ को आन्दोलनमा विद्यार्थी सधै अग्र स्थानमा रह्यो । तर अहिले समय बदलिएको छ प्रसङ्ग बदलिएको छ, नियत वदलिएको छ तथाकथित भनिने विद्यार्थी सङ्गठन र तिनको आन्दोलनको ।

अहिले यो जाडो महिना विभिन्न क्याम्पसका प्राङ्गणमा ठूलै नाटक मञ्चन भएको जस्तो देखिन्छ । लाग्छ तथाकथित भनिने विद्यार्थी सङ्गठनहरुलाई ठूलै चाडले च्वापै छोपेको छ । कलेजहरुमा खासै पढाइ नभए पनि चहलपहल स्वरुप विद्यार्थी नेताहरुको वाक्लो उपस्थिति देखिन्छ किनकी उनीहरुलाई फाल्गुनको चाडका तयारी गर्नु दैनिकी जस्तो बनेको छ ।

देशको विद्यार्थी आन्दोलन र ऐतिहासिक न्यायपूर्ण आन्दोलनमा विद्यार्थी माझ भुमिगत जस्तै देखिने तमाम विद्यार्थी नेताहरु क्याम्पस प्राङगणमा डेरा सारिसकेका देखिन्छन् । यतिकै उपस्थिति र यतिकै विद्यार्थी माझ हुने हो भने देशको समग्र शिक्षा प्रणालीले अनुहार फेर्ने छ । तर यो यो मौसमी हो । अहिलेका तथाकतिथ भनिने ठूलो विद्यार्थी सङ्गठन उनीहरुको राजनीतिक दलका दवाब समूह जस्तो देखिनु नेपालको विद्यार्थी आन्दोलनको लागि ठूलो विडम्बनाको कुरा हो । आङ्खनो पाटी सत्ता बाहिर हुँदा त्यही एजेन्डामा कम्मर कसेर धुवाधार विरोध गर्नेहरु आङ्खनो पार्टी सत्तासिन हुँदा मुखमा पिडालु हालेर ओछ्यान लगाएर सुत्छन् ।

गोविन्द के.सी.को माग जायज ठान्नेहरु उनीहरुको माउ पार्टी सत्तामा ह“दा किन सडकमा आउन सक्दैनन् ? रविन्द्र अधिकारी भ्रष्ट हुन् भन्ने थाहा पाएका ठूला सङ्गठन भनाउदाहरु उनीहरुको पार्टी सत्तामा हुँदा किन वेखबर जस्ता देखिन्छन् ? १३ वर्षिय विद्यार्थी निर्मला पन्तको हत्यारालाई सरकारले जोगाउन खोज्दा, त्यही सरकारलाई जोगाउनकै निम्ति किन आन्दोलित हुदैनन् ति माउ पार्टीका पाल्तुहरु ?

देशको सीमा मिचिदा असमान सन्धी सम्झौताले देशलाई आक्रान्त बनाउ“दा किन ढाडस बन्न सक्दैनन् ठूला पार्टी भनाउदाका भातृ सङ्गठनका कलो खाने पाल्तुहरु ? अनि रचिन्छ चुनाव जित्न अनैतिक परपन्ज अनि चल्छ फर्जी विद्यार्थी भर्ना गर्न घम्साघम्सी ? यदि विद्याथी भर्ना नै गर्ने हो भने किन चल्दैन बहस निःशुल्क शिक्षाको निम्ति ? यदि चुनाव नै जित्नु छ भने किन गरिदैन स्वास्थ्य प्रतिस्पर्धा ? यदि विद्यार्थीकै निम्ति हो भने किन गरिदैन बहस विदेश पलायन रोक्नका निम्ति ? किन विश्लेषण गरिन्छ मिनी संसदिय चुनावका रुपमा विद्यार्थी चुनाव ? किन खोजिदैन पुल्चोक क्याम्पसका ईन्जिनीयर कति नेपालमा कार्यरत छन् भनेर ? किन खोजिदैन आइओएम बाट उत्पादित डाक्टर कति विदेश पलायन भए भनेर ? किन खोजिदैन वैज्ञँनिक, प्राविधिक व्यवसायीक ग्यारेन्टी गर्ने स्ववियू सभापतिले चालेका कदम र तिनको हिसाब किताब र किन बन्छ विदेश नेपाली विद्यार्थीहरुको अन्तिम गन्तव्य ? त्यसैले यसको विकल्प स्वरुप अहिलेको विद्यार्थी आङ्खनो सङ्गठन चिन्नु र कथाकथित सङ्गठनको भ¥याङ हुनुबाट जोगिनु ठूलो चुनौति हुन आएको छ ।

२८ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको