झुटो इतिहास लेख्दा ‘नुवाकोटको मजाक’


नारायण नेपाल । कालिकाकोट, बेलकोट, धुवाँकोट, धैवुङकोट, सल्यानकोट, भैरुमकोट, प्यासकोट, मालाकोट, सिमलकोट, माथि पृथ्विनारयण शाहले विजय गरेपछि यहाँको नाम नुवाकोट रहन गयो । नुवाकोटका नौ कोट मौलौहरु माथिका हुन ।

मा. महेन्द्र बहादुर पाण्डे नवयुग नेकपाएमाले केस मुखपत्रबर्ष २३ अंक १०
श्रीहरी फुयाँलनुवाकोटेली साहित्यको इतिहास २०६७
नुवाकोट एक झलकजिल्लाविकास समितीनुवाकोट २०६५…..

को हुन त लेखकहरु ? पाण्डे ताहाचल कलेजका पुर्वप्रध्यापक र एमालेका पोलिटब्युरो सदस्य, वुद्धिजिवी नेताको रुपमा परिचित छन् । फुयाल एक स्थापित साहीत्यकार एवं लेखक हुन । उनको एक दर्जन भन्दा बढी कृती छन । जिविसमा सरकारले लोकसेवाआयोग उतिर्ण सहसचिव स्तरको कर्मचारीले नेतृत्वगर्द छन ।

विद्धानहरुको दाविबाहेक यस क्षेत्रमानिम्न कोटहरुको नाम र एैतिहासीकता प्रचलनमा छ । मालीकाकोट, तलेजुकोट, कपिलासकोट, फिर्केपकोट झिल्टुङकोट,र अर्चलकोटहरु हुन ।

यसका अलावा तामाङजातिवादी इतिहासकारहरुले पृथ्वीनारयण शाहले आपनो जातिको राज्यखोसेको आरोपहरु लगाएका छन् । सेमजोङमा बाईवा थरका र ककनिमा रुम्बा थरका र लच्या»मा गोले थरका तामाङका राजाहरु रहेका थिए । त्यसो हुँदा उनिहरुको राज्य गर्ने स्थानमा दरबार त पक्कै थियो । अब ३ कोट थपिएर १८ कोट भयो ।

नुवाकोट आफैमा एउटा कोट थियो भन्ने कुरा विद्धानहरुले नै भुलेछन् । अब जम्माकोट १९ भयो, यसका अलाबा थुम्कै पिच्छे बेनामे कोट र मौलाहरुको कुनै लेखोटनै छैन ।

हालको नेपालमा स्याङजामा उपल्लो नुवाकोट, अर्धाखाँचिमा नुवाकोट गाविस र रोल्पामा नुवागाउ भन्ने स्थान छ । हाम्रा विद्धानहरुले ति ठाउहरुमा पक्कै नौ कोट थिए भन्लान् त ? उहाहरुको तर्कले अनुमान गर्न सकिन्छ । त्यसको नामहरु खोज्ने जिम्मा विद्धानहरुलाई नै ।

तामाङहरु छौठौ, सातौ शताब्दीतिर मध्ये तिब्बतबाट दक्षिण तिर लागेको पाईन्छ । नुवाकोट ककनि, सेमजोङ र काभ्रेको तिमालमा प्रचिन तामाङ राज्यहरु हुनुले उनिहरु केरुङ र खासा आसपास बाट यता छिरेको प्रस्ट हुन्छ ।

यहाकोे भौगोलिक नामाकरणहरुले समेत यो क्षेत्र तामाङहरुको आदीम क्षेत्र भएको प्रमाण मान्न सकिन्छ । आफनो पुर्खाहरुको रगत बगेको भन्दै आज सम्म ककनिको ठुलो खोलाको पानि रुम्बा थरका तामाङहरुले खादैनन् । यसको पुष्टी गर्छ जस्तै तामाङ भाषामा रसुवा र भनेको भेडा र सुवा भनेको चरणक्षेत्र हुन्छ । गा»भनेको डाडा मे भनेको भेडा हो भेडा चराउने ठाउ मेघाङ, कि भनेको पानि ……..किम्ताङ… बुङताङ …थान्सिङ थाङ भनेको सल्लो सिङ दाउरा हो । सल्लाको दाउरा पाइने ठाउ हो..सुन भनेको धान धान धेरै फल्ने ठाउ सुनखानि…ध्याङफेदी….लच्याङ ….ककनि…. बेतिनी….जिलिङ……।

इतिहासका तथ्यहरुले भन्छ पृथ्वीनारयण शाहले वि स १८०१ असोज १५ गते नुवाकोटमाथि हमला गरी विजय गरेका थिए । यतिभने पछि यो क्षेत्रको नामप्राचिनकालमै नुवाकोट रहेर, त्यस माथि पृथ्वीनारयण शाहले आक्रमण गरेका रहेछन ।

इतिहासकार दिनेशराज पन्तको गोर्खा राज्यको इतिहास पुस्ताकका अनुसार गोर्खको शाह राज्य र उपत्यकाको मल्ल राज्यको सिमान थियो त्रिशुलिनदी ।

हाम्रा राष्टसेवक विद्धान बुद्धिजिवीहरुले तथ्यहरुको ख्याल गरेको भए जनताले झुठो इतिहास पढन पर्ने थिएन कि ? नुवाकोट एउटा एैतिहासीक जिल्ला हो । अल्पज्ञानले अनुमानको भरमा सन्ततीहरुलाई गलतकथ्य नसुनाउ ।

यतिभए पछि हाम्रा विद्धानहरुको कुरा हावादारी गफ देखियो ।

भैरुमकोट, सल्यानकोट, धुवाकोट, नौ किल्लाभित्र होईन भन्ने देखियो । सेमजोङ र फिर्केपकोट पनिहुने सम्भावनाकम भयो ।
पत्रककार श्याम रिमालले एकलेखमा र सामजसेवि धननारायण चित्रकारले एक स्मारीकामा अंशुबर्माको कैलासकुट भवननुवाकोट आसपासमा भएको दाबि गरे । नकसैले त्यसको सर्मथनविरोध र खण्डन गरे । कविभुवि शेरचनले त्यही भएर भनेका रहेछन् यो हल्लै हल्लाको देश हो ।

प्रा. सुर्यमणी अधिकारीले नुवाकोटको ठकुरी राज्यको बारेमा सबैभन्दा पुरानो हो भनेर आफनो पुस्तकमा उल्लेख गरेका छन् । नुवाकोट दरबारको उतरपुर्बमा एउटा बौद्ध स्तुपा छ । त्यो राजा अंशुबर्माले बनाएको थिए भन्ने गरीन्छ । स्तुपासंगै असोक बाटीका छ । पृथ्वीनारायण शाहको सेना परेड खेल्न ठाउ बनाए पछि त्यसलाई टुडीखेलको नाम दिएको थियो ।

अंशुबर्माले बनाएकको बाटीका (बगैचा) लाई अंशुबाटीका भन्निथ्यो र पछि अप्रभंम्स हुदै अशोक बाटीका भएकोभन्ने भनाई रहेको छ । लिच्छवीकाल र मल्लकालीन नेपाल राज्य उपत्यका आसपास मात्रै रहेको पाईन्छ ।

छैठौ शताब्दीमा भृकुटीले तिब्बती राजकुमार सङचङगम्पोसंग बिवाह गरीन । मध्यकालिन नेपाल तिब्बत नाका केरुङ यही बाटोबाट आवतजावत गरीन्थ्यो । नुवाकोट उपत्यकाको शासित राज्यझै थियो । यो क्षेत्रमा अंशु बाटीका र स्तुपा बनाउन कुनै नौलो कुरा थिएन अंशुबर्मालाई । नुवाकोट दरबार भन्दा अंशुबाटीका नै पुरानो एैतिहासीक सम्पदा हो । आजभन्दा २५०० बर्ष अगाडी बौद्ध र्धमकको प्रभाब यहा थियो । चीन लगाएतको देशमा भृकुटीले त्यसको प्रसार गर्ने भुमीका खेलेकी थिइन ।

संस्कृतीक सम्पदाको संरक्षको नाममा लाखौ रकम स्वाहापारेर कपोल कल्पीत कुराहरु प्रचार गर्नैुको कुनै तुक छैन । नुवाकोट दरबारको फोटो टासेर सम्पदा संक्षरण हुदैन । छैठौ शताब्दीको स्तुपा एैतिहासीककी १८औ शताब्दीको बिलासीदरबार ।

यसकाअलाबा राणाकालीन रानीमहल बसन्ति दरबार, लामपाटी, शेरा बगैचापनि त एैतीहासीक सम्पदा होलाननि । शासकको चाकडी गर्ने पनि हदहुन्छ नि । तथ्यहरुलाई बङग्याएर इतिहासकै मजाकगर्ने त । पुथ्वीनारायणले पुर्न जन्मलिएर स्याबासी देलानझै किन त्यही दरबार मात्रै लाई एैतिहासीक पहिचान बनाइन खोजिन्छ ।

पुथ्वीनारायणशाहको जन्मदिनलाई राष्टिय एकतादिवसको रुपमा मनाइन्छ । शाहबंशको राजाकै जन्मदिन मनाउने भए कुलमण्डन खानको मनाए हुन्छ । खस राजाको हो भने सिजांका पहिलो राजा नागराजको मनाए हुन्छ ।

नेपालका थुम्कै पिच्छेका राजाहरु जन्मे तर भुगोल एकिकरण भने नुवाकोट आक्रमण र विजय संगै वि स १८०१ असोज १५ गते बाट सुरु भएको हो । त्यस पछि नै यो देशमा राजाको भाई छोराहरुमा अंशवण्डा गरी खाने प्रथा अन्त्य भएको हो । एकता दिवस भौगोलि बिखण्डन बिरुद्धको बिद्रोहको प्रतिक हो कि कसैको जन्म, न्वारन पास्नी, विबाह र मुत्युका दिन ।

हाम्रा राष्टसेवक विद्धान बुद्धिजिवीहरुले तथ्यहरुको ख्याल गरेको भए जनताले झुठो इतिहास पढन पर्ने थिएन कि ? नुवाकोट एउटा एैतिहासीक जिल्ला हो । अल्पज्ञानले अनुमानको भरमा सन्ततीहरुलाई गलतकथ्य नसुनाउ ।

२८ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको