रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


मनिषा राई/पुस २८, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका रोल्पामा ट्याक्टर दुर्घटना भएको छ ।

शुक्रबार बिहान करिव १० बजे परिवर्तन गाउँपालिका ६ कर्तम रोल्पाबाट इरिवाङ बागमारा आउदै गरेको ना ४ त ५३८४ नं. ट्याक्टर ओरालोमा ब्रेकफेल भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि सहचालक परिवर्तन गाउपालिका ६ कर्तमका बर्ष १९ का टोपेन्द्र घर्तीको मृत्यु भएको छ । घर्ती दुर्घटनामा परि घाइते भएका थिए । उनलाई उपचारको क्रममा लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यलय घर्तीगाउले जनाएको छ ।

मृतकलाई पोष्टमार्टमको लािग जिल्ला अस्पताल रेउघा लगिएको छ । ट्याक्टर सडकबाट करिव २० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

फाइल तस्बिर 

२०७५ पुष २८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको