सल्यानमा ३ पालिकाका सल्लाहकार समितिको बैठक सम्पन्न


मङ्सिर २५, सल्यान । सल्यानको कपुरकोट, त्रिवेणी र सिद्ध कुमाखमा गाउँपालिका सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
सामुदायिक सुशासन स्थापनाका लागि नागरिक सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत सम्बन्धीत स्थानीय तहका प्रमुखको अध्यक्षतामा समितीको बैठक सम्पन्न भएको दलित विकास समाज सल्यानले जनाएको छ ।

सामुदायिक सुशासन, जवाफदेहिता तथा पारदर्शिता सवलीकरण मार्फत नागरिक तथा स्थानीय सरकार बीच हभागितामूलक सहयोगात्मक सम्बन्ध स्थापना गर्ने उद्देश्यले सञ्चालनमा रहेको परियोजना अन्तर्गत सल्लाहकार समितिको बैठक राखिएको परियोजनाका जिल्ला संयोजक जिएस नेपालीले जानकारि दिए । उनका अनुसार बुधबार कपुरकोटमा बैठक सम्पन्न भएको छ ।

बैठकमा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्थानीयलाई सचेत पार्दै जिम्मेवार निकायलाई जिम्मेवार र जवाफदेही बनाउन आवश्यक रहेको बताए । उनले कुनै पनि कार्यक्रम स्थानीय स्तरमा जानुपर्ने बताउँदै स्थानीय आवश्यकताहरुलाई सम्बोधन गर्ने नीति, कार्यक्रम निर्माणका लागि आफ्नो गाउँपालिका लागि परेको बताए ।

निमित्त प्रमुख प्रशसकीय अधिकृत अरुण दाहाल, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु लगाएत को सहभागीता रहेको बैठकमा जिल्ला संयोजक नेपालीले परियोजनाले जिल्लाको पाँच स्थानीय तहमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारि गराएका थिए ।

उनका अनुसार परियोजनाले समुदायमा आधारित संघ संस्था तथा समुहहरुलाई स्थानीय तहको योजना तर्जुमा, अनुगमन र कार्यान्वयन प्रक्रियाका चरण बारे अभिमुखीकरण गर्ने, समुदायमा अधारीत संस्था र नागरिक समाज संजालको गठन र सवलीकरणमा सहयोग पुर्याउने एवम् सुशासनका लागि युवा मञ्च परिचालन गर्ने जस्ता कार्यहरु गरिरहेको छ ।

२५ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको