को हुन् देबिप्रसाद ढकाल ? जसले उपनिर्वाचनका लागि भक्तपुरबाट दिए उम्मेदवार


हेमराज ढकाल/कार्तिक २५, काठमान्डौ । काभ्रेपलाञ्चोक जिल्ला हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५, खाडचौरमा वि.स २०३८ साल भदौ ५ गते पीता रुद्रप्रसाद ढकाल र माता दुर्गा ढकालको जेष्ठ सुपुत्रको रुपमा उनको जन्म भएको हो । उनले प्रारम्भिकदेखि कक्षा ६सम्म स्थानीय तपेश्वर माध्यमिक विद्यालयमा अध्यन गरि, कक्षा ७ देखि १० सम्म काठमाडौं बौद्धमा रहेको फुलवारी माविबाट उतिर्ण गरेका थिए ।

विगत लामो समयदेखि उनको परिवार स्थायी बासिन्दा भएर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर १०, कमलविनायक पाइपलाइन टोलमा बस्दै आएका छन् । उनका रीता÷सरीता बहिनी तथा रुपक ढकाल भाई छन् । साथै श्रीमती आस्था र एक पुत्र आयुष ढकाल हुन ।

प्रमाणपत्र तहको अध्ययन गर्न भक्तपुर बुहुमुखी क्याम्पसमा आएको समयदेखि उनि विद्यार्थी राजनीतिमा सक्रिय भए । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन पुरा गरेका ढकाल विद्यार्थीको संगठन अखिल क्रान्तिकारीसंग अवाद्ध भए । त्यसक्रममा तत्कालिन राज्य पक्षले पक्राउ गरेर उनलाई २०५८ साल माघ ५ गतेदेखि २०५९ साल चैत १९ गतेसम्म जेल बसेका थिए ।

जीवननै मुलुक र जनताको परिर्वतनकालागि समर्पण गरेर हिडेका योद्धा जेल र गिरफ्तारीबाट विचलित हुने कुरै भएन् । त्यसपछि उहाँ पून पार्टीको काम र जिम्मेवारीम बहन गरे । त्यसक्रम फेरि दोस्रो पटक राज्य पक्षले अनेक मुद्धा लगाएर परिर्वतनलाई रोक्ने प्रयासका साथ ढकाललाई पक्राउ गरि २०६१ साल पुस २० गतेदेखि २०६३ साल जेठ ३० गते सम्म जेलमा राख्यो ।

मुलुकमा आएको गणतन्त्रसंगै ढकाल पून सक्रिय राजनीतमा सक्रिय भए । तत्कालिन अर्थमन्त्री वर्षमान पून अनन्तको प्रमखु स्वकिय सचिव भएर मुलुकको अर्थ व्यवस्थालाई नजिकबाट नियालेका ढकाल राजनीतिकर्मी मात्र नभएर एक बौद्धिक लेखक समेत हुन । अध्ययन भम्रणको क्रममा उनि छिमेकी मित्र राष्ट्र भारत, चीन तथा अष्ट्रेलिया, कोरिया र थाइल्याण्डको भम्रण समेत गरेका छन् ।

उनले धेरै पुस्तक तथा लेख समेत प्रकाशित गरेका छन । पछिल्लो समय उनले लेखेको पूँजिवादी र समाजवादी अर्थ–राजनीतिक विकाशक्रम नाम पुस्तक हो ।

१० वर्षे जनयुद्धदमा तत्कालिन नेकपा (माओवादी) पार्टी एकिकरणपछिको एकिकृत नेकपा (माओवादी)को विभिन्न तह र क्षेत्रमा रहेर तोकिएको जिम्मेवारी पुरा गरेका थिए । नेकपा एमाले तथा एमाओवादी पार्टी एकिकरण पछि निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ढकाल ३ नम्बर प्रदेश कमिटि सदस्य तथा भक्तपुर जिल्ला कमिटिको सचिव हुन् ।

यहिँ मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा उहाँलाई नेकपाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य पदकालागि उम्मेदवार बनाएको छ । प्रदेश सांसद स्वर्गीय हरिशरण लामिछानेको सपनालाई पुरा गर्दै आफ्नो प्रदेश क्षेत्रमात्र नभएर समग्र भक्तपुरलाई विकाश गर्न सडक, खानेपानी, शिक्षालगायतका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको चुनावी प्रतिवद्धता रहेको छ । प्राकृतिक र संस्कृति रुपमा धनी रहेको जिल्ला भक्तपुरलाई पर्यटनको माध्यमबाट सबल बनाउदैं रोजगारी सिर्जना गर्ने तथा सुखी नेपाली र संम्वृद्ध नेपाल बनाउने ढकालको अभियान रहेको छ ।

 

२५ कार्तिक २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको