रोशनी शाहीले निकालिन यस्तो प्रेस विज्ञप्ती


असोज २४, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौ’न दु’र्व्यव’हारको आरोप लगाएकी भनिएका ससद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध उजुरी दिन लगाएको आरोप लगाएकी छिन् ।

उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत बताएकी छिन् ।

उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको बताएकी छिन् । उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तर्वार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप समेत लगाएकी छिन् ।

उनले आफ्नो अनुमति विना अन्तर्वार्ता सार्वजनिक भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने चेतावनी समेत दिएकी छिन् ।

हेर्नुस्, उनको वक्तव्य

हेर्नुस उनले असोज १५ गते प्रहरीमा दिएको निवेदन ।

२४ आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको