प्रधानमन्त्री मोदीका लागि अत्याधुनिक मिसाइल डिफेन्स सिस्टमसहितको बोइङ विमान ल्याइदै


असोज २४, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अब मिसाइल रक्षा प्रणालीले सुसज्जित बोइङ ७७७ विमान हुनेछ ।

यो जहाज वायुसेना पायलटले उडाउने छन् । यसको लागि लगभग १० पायलटलाई तालिम दिइनेछ । पहिलो पटक एयर इन्डियाका पायलटले प्रधानमन्त्रीको ‘एयर इन्डिया वन’ विमान उडाउने छैनन् ।

राष्ट्रपति, उप–राष्ट्रपति र प्रधानमन्त्रीका लागि २ नयाँ बोइङ ७७७ एयरक्राफ्ट आउनेछन् जसले सन् २०२० को जुलाईदेखि उडान भर्दैछ । यी नयाँ बोइङको हेरचाह एयर इन्डिया इन्जिनियरिङ सर्भिस लिमिटेड (एआईईएसएल) ले गर्नेछ । यो एयर इन्डियाको सहायक कम्पनी हो ।

अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि एयर इन्डियाको बोइङ ७४७ विमान प्रयोग हुँदै आएको थियो । यस विमानलाई एयर इन्डिया वान भनिन्थ्यो । भारतीय उच्च अधिकारीका लागि एयर इन्डियाका पाइलटले नै बोइङ ७४७ विमान उडाउँदै आएका थिए र एआईईएसएले यसको रेखदेख गर्दै आएको थियो ।

आगामी वर्ष पाइन्छ बोइङ ७७७

एक वरिष्ठ अधिकृतका अनुसार भारतले अर्को वर्ष अमेरिकाबाट दुईवटा ७७७ प्राप्त गर्नेछ । यसलाई एयर इन्डिया वान भनिनेछ । यो विमानलाई भारतीय वायुसेनाका पाइलटले उडाउनेछन् । यी विमानहरू राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि प्रयोग हुने छन् ।

अधिकारीका अनुसार भारतीय तत्काल वायुसेनाका ४–६ पाइलटलाई एयर इन्डियाले बोइङ ७७७ को तालिम दिनेछ । बाँकी पाइलटलाई पनि चाँडै तालिम उपलब्ध गराइनेछ । बोइङ ७७७ मिसाइलले सुसज्जित हुनेछ

बोइङ ७७७ अत्याधुनिक स्टेट अफ द आर्ट मिसाइल डिफेन्स सिस्टमले मिसाइल रक्षा प्रणालीले सुसज्जित हुनेछ । ती मिसाइलाई लार्ज एयरक्राफ्ट इन्फ्रारेड काउन्टरमेजर्स (एलएआईआरसीएम) र सेल्फ प्रोटेक्सन सुट(एसपीएस) भनिन्छ ।

एसपीएसले शत्रु विमानको रडारको फ्रिक्वन्सी जाम गर्न सक्नेछ । यस वर्षको फेब्रुअरी महिनामा भारतलाई १९० मिलियन अमेरिकी डलर मूल्य बराबरको दुईवटा रक्षा प्रणाली भारतलाई दिन अमेरिका सहमत भएको थियो ।

एयर इन्डियामाथिको ६० हजार करोडभन्दा बढी ऋण चुक्ता भएको छ । केन्द्र सरकारले व्यापारको योजना बनाइरहेको छ । यो प्रक्रिया नोभेम्बरदेखि सुरु हुन सक्छ ।

दैनिक भास्करबाट

२४ आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको