यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका


असोज २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा उनले भ्रमणमा तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्त्व दिने बताए ।

छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेपाल र चीनबीच लामो समयदेखि असल र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा लगानीको ढाँचाबारे पनि छलफल गरिने जानकारी गराएका छन् । ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं,’ ओलीले छलफलमा भनेका थिए ।कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

यस्तो छ सीको भ्रमण तालिका

शनिबार

बेलुकी करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
करिब ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार

करिब १०:३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने

२४ आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको