नेकपा प्रदेश ३ इन्चार्ज नारायण दाहाललाई पितृशोक


भदौ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश ३ का इन्चार्ज नारायण दाहाललाई पितृशोक परेको छ । दाहालका बुवा कुलप्रसाद दाहालको गएराति आफ्नै निवास भरतपुरमा नि’धन भएको हो ।

२०३६ सालदेखि किसान संगठनमा आवद्ध भएर भूमिगत राजनीति गरेका गरेका दाहाल २०१९ सालमा कास्कीबाट बसाईं सरेर चितवन पुगेका थिए ।

नारायण दाहालसहित उनका चार छोरा र दुई छोरी छन् । दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ठूलाबुवा हुन् ।

उनको निधन भएको खबर आएपछि प्रचण्ड बिहानै चितवन पुगेका छन् । उनको आजै देवघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२५ भाद्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको