मिडिया काउन्सिल विधेयक नसच्याए फेरी आन्दोलन सुरु हुन्छ: अध्यक्ष आचार्य


खकेन्द्र केसी/साउन २६, सल्यान । प्रेस स्वतन्त्रतालाई कुण्ठीत हुने कुनैपनि कानुनका विरुद्व पत्रकार महासंघ नझुक्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।

सल्यान सदरमुकाम खलंगामा आइतबार उद्घाटन भएको कर्णाली प्रदेश स्तरिय कार्यशालामा महासंघले आफ्नो आन्दोलनबाट पछाडी नहट्ने जनाएको हो ।

सरकारले ल्याउन लागेको मिडियो काउन्सिल विद्येकको विरोध गर्दै महासंघले अहिले सरकारले त्यसलाई सच्याउने आश्वासन दिएकोले आफुहरुले आन्दोलन स्थगीत गरेको जनाएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायले प्रेस स्वतन्त्रतामा आफुहरु कतै नझुक्ने बताए ।

उनले मिडिया काउन्सिल विद्येकलाई सच्याई छलफल गरेर मात्रै पास गर्नुपर्ने बताए । उनले भने, ‘हामीले पटकपटक सरकारलाई भन्दै आएका छौँ, यो कानुनको बुँदामा लेखिएका शब्द पत्रकारको हितमा छैनन्, त्यसलाई सच्याइनु पर्छ । नत्र हाम्रो आन्दोलन फेरी सुरु हुन्छ ।’

आफुहरुसँग सरकारले कुनै छलफल नगरेरै विद्येक ल्याएको उनको भनाई छ । सांसद तथा मन्त्रीहरुले विद्येकलाई सच्याउने आश्वासन दिएपछि मात्रै आफुहरुले आन्दोलन स्थगीत गरेको उनले प्रष्ट पारे ।

पत्रकारितामा पनि केहि खराबी तत्वहरु भित्रीएको भन्दै उनले भने, ‘पत्रकार हुँ भन्दै कसैले धम्क्याउने, पैसा असुल्ने, बार्गेनीक गरेमा तत्काल खबर गर्नुहोला, हामी त्यसलाई कारबाहीको दायरामा ल्याउछौँ ।’ पत्रकारभित्र शुद्धिकरणको आवश्यक रहेको उनले बताए । समाचार लेखेकै कारण पत्रकारलाई गिरफ्तारी गर्ने कार्यको भने उनले आपत्ती जनाएका छन् ।

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका पक्षमा महासंघको लडाई भएको बताएका छन् । उनले महासंघ इतिहास कालदेखि नै स्वतन्त्रताको पक्षमा उभिएको बताए ।

उनले भने, ‘हामी अहिले संघियताको पक्षमा छौँ, प्रेस स्वतन्त्रता विरुद्व आफ्नो ठाउँमा बनेको कानुनको पनि आफै जिम्मेवार बनेर विरोध गरौँ ।’ मुलुकमा संघियता भएको अनुभुती हुनुपर्ने भन्दै उनले पत्रकार कुनै लोभ, डर, क्रासमा पर्न नहुँने बताए ।

कार्यक्रमका अर्का वक्ता महासंघका महासचिव रमेश विष्टले सरकारले पत्रकारलाई आफ्नो नियन्त्रणमा लिन सक्ने कानुन बनाउन खोजेको बताए । उनले आफ्नो आन्दोलन कुनै राजनितीक दलको पक्ष तथा विपक्षमा नभएर सिंगो पत्रकारको पक्षमा भएको प्रष्ट्याए । लोकतन्त्रमा छलफल गरेर विद्येक ल्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेकपाका कर्णाली प्रदेश सदस्य ज्ञान बहादुर ओली, काँग्रेस सल्यानका सभापती गनेश चन्द लगाएतले मन्तव्य राखेका थिए ।

महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शंकर केसीले गरेका थिए । भोली कार्यशालाको छलफल कार्यक्रम रहेको छ ।

२६ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको