सल्यानमा हतियार सहित २ जना पक्राउ


इन्द्र बुढाथोकी/साउन २६, सल्यान । सल्यानमा प्रहरीले हतियार सहित २ जनलाई पक्राउ गरेको छ ।

pakra

विशेष सूचनाको आधारमा गएको सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले अवैध २ थान भरुवा वन्दुक र ४ थान नाल सहित पक्राउ गरको हो ।

पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका –५ बालुवा मनिकापुरका ७० बर्षका चन्द्र बहादुर रोका र सोही ठाउँ निबासी ६७ बर्षका टेक बहादुर कुमालाई पक्राउ गरिएको जिल्ला प्रहहरी कार्यलय सल्यानले जनाएको छ ।

पक्राउ परेका दुबैजनलाई हातहतियार खरखजना सम्बन्धी मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक विरेन्द्र वहादुर शाहीले जानकारी दिए ।

२६ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको