प्रधानमन्त्री ओली सोमबार मात्रै स्वदेश फर्कने


साउन २६, काठमाडौँ । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ ।

यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आइतबारसम्मका लागि स्थगित भएको थियो ।

तर ओलीको स्वदेश फिर्ता हुने तालिका आइतबार पनि रद्द भएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणकाे रिपोर्ट आउन बाँकी रहेकोले ओली आइतबार पनि स्वदेश फर्कने छैनन् ।

अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण  प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको  छ ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

२६ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको