दाङमा अज्ञात समूहद्वारा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी


साउन २६, दाङ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनि भएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली चढ्ने रा १ झ शनिवार राती १२: ४५ को समयमा १५२ नम्वरको बोलेरो जीपमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट गाडी जलेर पुर्णरुपमा ध्वस्त भएको छ । गाउँपालिकाको वडा नम्वर ५ को वडा कार्यालय मुर्कुटि भन्ने स्थानमा पार्किङ गरि राखेको उक्त गाडीमा आगजनी भएको हो ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटीएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए । रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो ।

बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन । गाडीमा कसले आगजनी गर्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२६ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको