दार्चुलामा विद्यालयकाे शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु


जेठ २८, काठमाडौँ । दार्चुलामा एक विद्यालयकाे शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ।

फाइल तस्बिर 

नौगाड गाउँपालिका ४ सिप्टीमा रहेको गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकी भत्कँदा ति बालबालिको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यालय छुट्टी भएपछि शौचालयको सेफ्टी ट्यांकीमाथि खेलिरहेका बालबालिका सेफ्टी ट्यांकीको छत भत्कँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

मृतक बालबालिका ५ देखि ९ वर्षसम्मका छन् । मृत्यु हुने बाललिकाहरुमा ७ बर्षीया निरुता ठगुन्ना, ९ बर्षीया अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ९ वर्षका सुदिश धामी रहेका प्रहरीले जनाएको छ।

मृतक बालबालिकाकाे शव प्रहरीले बाहिर निकालेकाे छ भने अरु पनि डुबेको हुनसक्ने आशंकामा खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे छ।

२८ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको