रुकुममा गाडी दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते


बैशाख २८, रुकुमपश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर 

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी आज अपरान्ह् करीब ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङका तिलक खड्का घाइते भएका छन् । गाडी सडकबाट करीब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

२८ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको