सरकारले पत्रकारको हितमा कानुन निर्माण गर्नुपर्छ : पुर्बप्रधानमन्त्री खनाल


चैत २८, काठमान्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकारहरुको हितमा रही कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको ‘दोसो अन्तराष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै खनालले उक्त कुरा बताएका हुन ।

फाइल तस्बिर 

खनालले सुचना र प्रविधिको क्षेत्र विकास भए मात्रै मुलुकमा समृद्धि हुने समेत स्पष्ट पारे । उनले सुचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने जरुरी रहेको पनि बताए ।

पुर्ब प्रधानमन्त्री खनालले सुचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन दुई छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न सरकार गम्भीर हुनु पर्ने बताए ।

सुचना र प्रविधिका क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिएका थिए । एक्स्पोमा नेपालको लोकतान्त्रिक आन्दोलनका झलकहरु समावेश गरिएको फोटो, नेपालको प्राकृतिक तथा सांस्कृतिक रुपले मनोरम दृष्यहरुलाई कैद गरिएका फोटोहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ ।

नेपाल मुद्रण उद्योग महासंघको समेत सहभागितामा आयोजना गरिएको ३ दिने एक्स्पोमा प्रिन्टिङसम्बन्धि सामग्री, फोटो र फोटाग्राफीका लागि आवश्यक प्रविधिहरु राखिएकाे छ ।

२८ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको