चैत २८, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीले आग्रह गर्दै पत्र पठाएको छ ।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्र्सवादी-लेनिनवादी) ले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको हो।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्रसवादी-लेनिनवादी) का अध्यक्ष निक जीद्वारा हस्ताक्षरित पत्रमा प्रतिबन्ध हटाउन माग गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा आएको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिबन्धलाई हटाइयोस् ।’
यस्तै बिज्ञप्तीमा भनिएको छ, हामी नेपाल कम्युनिस्ट पार्टीलाई कानूनी मान्यता दिइयोस् र उक्त पार्टीका थुना र जेलमा परेका सबै नेतारकार्यर्ताहरूलाई रिहा गरियोस् ।
नेपालमा सञ्चालित जनयुद्धले देशी विदेशी प्रतिक्रियावादी, नकारात्मक विदेशी हस्तक्षेप, भ्रष्टाचारबाट मुक्त गर्ने लक्ष्य लिएको थियो । साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र क्षेत्रीय विस्तारवादका विरुद्ध लडेको पार्टीका विरुद्ध कम्युनिस्ट पार्टीले कसरी दमन चलाएको छ ? उक्त बिज्ञप्तीमा अगाडि भनिएको छ, हामी नेपाल सरकारलाई नेपाल कम्युनिस्ट पार्टीसँग अर्थपूर्ण वार्ता गरेर नेपालको सार्वभौमिकता, स्वतन्त्रता र नेपाली जनताको जनवादी अधिकारलाई अझ सुदृढ गर्ने सामाजिक अभिलाषा पूरा होस् भन्ने अपेक्षा राख्दछौं ।
आपराधिक क्रियाकलाप गरेको भन्दै सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । पत्र २७ मार्च २०१९ मा पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस