च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो खेलमा बार्सिलोनाले म्यानचेस्टरलाई हरायो


चैत २८, एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । लुका शा को आत्मघाती गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोनाले पहिलो लेगमा सफलता हात पारेको हो ।

बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । खेलको १२औं मिनेटमा लुका शाले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

कप्तान लियोनेल मेस्सीको पासमा लिभरपुलका पुर्व फरवार्ड लुइस सुआरेजको प्रहारलाई गोल लाइनबाट रोक्ने प्रयास गर्दा लुकाले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई आत्मघातीको मान्यता दिएको थियो ।

बुधबार राति भएको खेलमा पाहुना टोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल भने गर्न सकेन । यता, म्यानचेस्टर युनाइटेडले गोलका केही प्रयास गरेपनि गोल गर्न असमर्थ बन्यो ।

जितसँगै बार्सिलोनाले युनाइटेडलाई घरेलु मैदानमा पराजित गर्न सफल भयो । अहिलेसम्म युनाइटेडले बार्सिलोनासँग हारेको थिएन । हारअघि युनाइटेडले आफ्नो मैदानमा चार खेल खेल्दा समान दुई जित र बराबरीको नतिजा निकालेको छ ।दोस्रो लेग बार्सिलोनको मैदानमा १७ अप्रिलमा हुनेछ ।

२८ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको